नुवाकोट ककनीका एक कोरोना संक्रमितको मृत्यु



नुवाकोट,जेठ १८ । जिल्लाको ककनी गाउँपालिकाका एक कोरोना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा ककनी गाउँपालिका वडा नम्बर २ का ६३ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तम खनालले बताए ।

यहि जेठ ११ गते गाउँपालिकाको स्वास्थ्य परिक्षणमा कोरोना पोजिटिभ पुष्टि भएका उनको स्वास्थ्यमा थप समस्या देखिएपछि सोमबार जिल्लास्थित त्रिशुली अस्पताल पुर्याइएको थियो।

उनको अस्पतालमा पुर्ण उपचार नपाउदै निधन भएको अस्पताल श्रोतले जनाएको छ। यससंगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ जना पुगेको छ।

प्रतिक्रिया दिनुहोस्