शिवपुरी र पञ्चकन्या गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग



नुवाकोट,जेठ १८ । जिल्लाको शिवपुरी र पञ्चकन्या गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ।नेपाली कांग्रेस दुप्चेश्वर-काठमाडौं सम्पर्क समितिले शिवपुरी र पञ्चकन्या गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको हो।

सम्पर्क मञ्चका अध्यक्ष सुशील खड्काको नेतृत्वमा रहेको एक समूहले कोरोना महामारीको यस विषम परिस्थितिमा शिवपुरी र पञ्चकन्या गाउँपालिकालाई अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गरिएको उल्लेख छ। मञ्चद्वारा हस्तान्तरण गरिएको स्वास्थ्य सामग्रीमा माक्स, सेनिटाइजर, पिपिइ, पल्स अक्सिमिटर, एनलाइजर, थर्मलगन लगायतका स्वास्थ्य सामग्री रहेको छ ।

स्वास्थ्य सामग्रीसहित सम्पर्क समितिको अध्यक्ष सुशील खड्का, नेपाली काङ्ग्रेस जिल्ला सदस्य रामेश्वर थापा र विद्यालय व्यवस्थापन महासंघ शिवपुरीका अध्यक्ष हरी दुलाल,पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष डिल्लीबहादुर थापा लगायतको उपस्थिति रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्