बुटवलमा टोलटोलमा सुरु भयो निशुल्क परीक्षण



बुटवल,जेठ १८ । रुपन्देहीको बुटवलमा टोल–टोलमा कोभिडको निशुल्क परीक्षण भईरहेको छ । मोतिपुर, नयाँगाउँ, तामनगर, सेमलार, बुद्धनगर र उपमहानगरपालिका परिसरमा सर्वसाधारणको निशुल्क परीक्षण गरिएको छ।

मोतिपुर स्वास्थ्य चौकी, नयाँगाउँ सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र र कार्यालय परिसरमा एन्टिजेनबाट परीक्षण भइरहेको छ । बुटवल उपमहानगरले सबै वडाका धेरै संक्रमित भेटिएका र जोखिमपूर्ण क्षेत्र पहिचान गरि एकसाथ धेरैजनाको एन्टिजेनबाट परीक्षण सुरु गरिएको हो ।

आजदेखि सुरु भएको परीक्षण उपमहानगरपालिकाका सबै वडाका टोलमा पायक मिलाएर २१ गतेसम्म गरिनेछ । महामारी विरुद्धको अभियान सशक्त बनाउने उद्देश्यले समुदाय स्तरमा व्यापक परीक्षण गरिएको  उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताउनुभयो। स्वास्थ्यकर्मीलाई क्षेत्र तोकेर जिम्मेवारी प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले बताए ।

वडा र स्वास्थ्यकर्मीलाई जिम्मेवारी तोकेर फिल्डमा परिचालन गरिएको छ । संक्रमितलाई हौसला बढाउन आयुर्वेद ओखती, भिटामिनहरु र जरुरी परेकालाई अक्सिजन सिलिन्डर नै बोकेर बुटवलका जनप्रतिनिधि र स्वास्थ्यकर्मी घरदैलोमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्