नेकपा एमाले २०७५ जेठ ३ गतेको अवस्थामा पुगेको अध्यक्ष ओलीको घोषणा



काठमाडाैँ,जेठ २३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी २०७५ जेठ ३ गतेको अवस्थामा पुगेको घोषणा गरेका छन् । 

प्रधानमन्त्री ओलीले त्यसो गर्दा तत्कालीन नेकपाको केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिएका नेताहरुसहित केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचनाहरु क्रियाशील हुने बताएका छन् । ओलीले पार्टी कमिटी र जनसंगठनहरु पनि मूलभूत रुपमाा २०७५ जेठ २ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने घोषणा गरेका हुन ।

आइतबार पार्टी एकताका लागि ६ बुँदे अपिल जारी गर्दै ओलीले आफ्नो पार्टीको प्रधानमन्त्रीलाई पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने रिटबाट हस्ताक्षर फिर्ता हुने र यसबीचमा भएका कारवाही फिर्ता गरिने र कुनै पुर्वाग्रह र भेदभाव नराखिने समेत उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्