कोरोना अपडेट: संक्रमित ४३४४ जना थपिए, संक्रमणमुक्त ५७६८



काठमाडौ,जेठ २६ । नेपालमा बितेको २४ घण्टामा थप ४ हजार ३४४ जना संक्रमित पुष्टि भएको छ ।

२४ घण्टा समयावधिमा १२ हजार ७४ जनाको पीसीआर गर्दा ३४४९ जना तथा ४५६८ जनाको एन्टिजेन विधि परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा थप ५७६८ जना निको भएका छन् । थप ८१ जनाको कोभिड–१९ को संक्रमणबाट निधन भएको मन्त्रालयले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्