ओली सरकारमा ८ मन्त्री थपिए (नामावलीसहित)



काठमाडौं,जेठ २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल थप बिस्तार गरेका छन। मन्त्रिमण्डलमा ८ जना मन्त्री तथा राज्यमन्त्री थपेका हुन । यससहित प्रधानमन्त्री ओलीसहित कुल २५ जना मन्त्रिमण्डल कायम भएको छ ।

बिहीबार थपिएकामा गृहमन्त्री खगराज अधिकारी वरियतामा पाचौं स्थानमा राखिएका छन् । उनी ओलीका विश्वासपात्र हुन् ।

राजकिशोर यादव उद्दोग, वाणिज्य तथा आपूर्तिमन्त्री, नैनकला थापा सञ्चार, ज्वालाकुमारी साह कृषि, नारदमुनी राना वन, गणेशकुमार पहाडी सामान्य प्रशासन, मोहन बानिया प्रधानमन्त्री कार्यालय र आशाकुमारी वि.क. वनराज्यमन्त्री छन् ।

मन्त्रिमण्डलमा थप मन्त्रीहरु

खगराज अधिकारी, गृह
राजकिशोर यादव, उद्दोग
नैनकला थापा, सञ्चार
ज्वालाकुमारी साह, कृषि
नारदमुनी राना, वन
गणेशकुमार पहाडी, सामान्य प्रशासन
मोहन बानिया, प्रधानमन्त्री कार्यालय
आशाकुमारी वि.क., वनराज्यमन्त्री

प्रतिक्रिया दिनुहोस्