कोरोना अपडेट: पछिल्लो २४ घण्टामा संक्रमित ३७४९, निको ५२९३



काठमाडौ,जेठ २७ । नेपालमा बितेको २४ घण्टामा देशभर ३ हजार ७४९ संक्रमित थपिएका छन् । सोही अवधिमा ५ हजार २९३ जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।त्यस्तै २४ घण्टामा देशभर ५९ जनाको मृत्यु भएको मन्त्रालयद्वारा जारी तथ्यांकमा उल्लेख छ।

आजको थप तथ्यांकसंगै नेपालमा कुल संक्रमित संख्या ६ लाख १ हजार ६८७ र एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको संख्या १७ हजार ७१४ पुगेको छ।

त्यस्तै निको हुनेको कुल संख्या ५ लाख १५ हजार ५९१ पुगेको छ भने देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ८ हजार २३८ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्