यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण



नुवाकोट,जेठ २७ । यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टले जिल्लाका स्थानीयतहरुमा स्वास्थ्य सामाग्री वितरण गरेको छ । बिहिवार ट्रस्टले किस्पाङ, म्याघाङ र तारकेश्वर गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

वितरण गरिएको स्वास्थ्य सामग्रीमा अक्सिजन कन्सनटेटर ९ थान, माक्स १० हजार पिपिई २५ थान रहेको छ। वितरण कार्यक्रम ट्रस्टका प्रमुख संरक्षक अर्जुननरसिंह केसी को उपस्थितिमा बिहीबार उक्त स्थानिय तहका प्रमुख उप प्रमुख वडा अध्यक्षहरुलाई ट्रस्टका अध्यक्ष डा केदार नरसिंह केसीले एक कार्यक्रम बीच हस्तान्तरण गरेका छन् । यसअघि बुधवार दुप्चेश्वर गाउँपालिकामा ३ थान कन्सनटेटर र पिपिई प्रदान गरिएको थियो ।

सामाजिक कामलाई राजनिति सँग जोड्नु हुदैन , मानव जगतमा परेको यो महामारीमा सवैलाई सवैले सकेको सहयोग गर्नुपर्छ भन्ने मुल मान्यता राखी कोभिड महामारीमा अग्रणी मोर्चामा आफुलाई उभ्यायको ट्रस्टले जिल्लामा अक्सिजनको अभाव हुन नदिन जिल्लाभित्र रहेको देउराली प्राथमिक स्वास्थ्य केन्द्र ,खरानिटार अस्पताल ,प्राथमिक स्वास्थ्य केन्द्र ककनीमा २ महिना सम्म दैनिक ५/५ थान अक्सिजन सिलिन्डर उपलव्ध गराईरहेको ट्रस्टका महासचिव जगदिश्वर नरसिंह केसीले बताए । साथै जिल्ला को एकमात्र पुरानो अस्पताल त्रीशुलि अस्पताल लाइ दुइ आइसियु बेड उपलब्ध गराउने पत्र समेत सोहीअस्पतालका प्रमुखलाइ हस्तान्तरण गरिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्