झोरका क्षयरोग पीडित कृष्ण महर्जनको परिवारलाई खाद्यान्न सहयोग



झोर,जेठ २७ । उपचारमा आर्थिक अभावका कारण थलिएका झोरका कृष्ण महर्जनको परिवारलाई खाद्यान्न सहयोग गरिएको छ। टोखास्थित मालुङका रबि श्रेष्ठको अगुवाइमा नेपालको लागि नेपाली पार्टी र काठमाडौ महानगर पालिका ३ मा रहेको कर्मालय फाउन्डेसनले खाद्यान्न सहयोग गरेको हो। घरमा कमाई गर्ने कृष्णको स्वास्थ्यमा समस्या देखिएपछि खाने अन्नको समेत परिवारमा कमि भएको थियोे ।

पीडित कृष्णको परिवारलाई बिहीबार पार्टीका सुदर्शन थापाको एक समूहले खाद्यान्न उपलब्ध गराएको हो । उपलब्ध गराइएको खाद्यान्नमा दुई बोरा चामल,नुन,तेल तथा तरकारीजन्य सामग्री रहेको पीडित कृष्णका परिवारले जनाएको छ । गत माघदेखि क्षयरोगबाट ग्रसित महर्जनलाई सुरुमा टन्सिल भएको थियो। टन्सिल बढ्दै गएपछि सात महिनादेखि खाना खान नसकेका उनको शरीर सुक्दै गएको छ।

हाल काठमाडौस्थित वीर अस्पतालमा उपचाररत कृष्णलाई थप उपचारार्थ आर्थिक अभाव देखिएको छ।पैसा अभावले सोचेको र डाक्टरले भने बमोजिम चेक जाँच गर्न नपाएको गुनासो उनकी श्रीमती सम्झना तामाङ महर्जनले गुनासो गरिन। ‘आर्थिक अभावमा औसधि समेत किन्न सकिएन’ कृष्ण भन्छन् -‘परिवारको लालनपालन गर्ने नै मै हु मलाई बचाउनुस, म बाच्न चाहान्छु।’


कृष्णलाई पछिल्लो समयमा हालै सुत्केरी अवस्थाकी पत्नी सम्झना र बृद्धअबश्थाका आमा स्याहारको जिम्मेवारी समेत बढ्दै गएको थियोे । सहयोगी मनहरुले कृष्ण महर्जनको मोबाइल नम्बर ९८०८८३८२३४ नम्बरमा सम्पर्क गर्न सकिनेछ।

पीडित कृष्णको बारेमा साझापथले तयार पारेको भिडियो

प्रतिक्रिया दिनुहोस्