कोरोना अपडेट: ३७५० संक्रमण, ५२२५ संक्रमणमुक्त



काठमाडौ,जेठ २८ । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ७५० जना संक्रमित थपिएका छन्। पीसीआर विधिबाट ९५९८ जनाको परीक्षण गर्दा २७०९ जनामा र एन्टिजेन विधिबाट ५ हजार ५८४ जनाको परीक्षण गर्दा १०४१ जना गरी कुल ३ हजार ७५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ६ लाख ४ हजार ३९६ जनामा संक्रमण पुष्टि भएको छ एन्टिजेन विधिबाट १८ हजार ७५५ जनामा संक्रमण पुष्टि भैसकेको छ ।

यही अवधिमा थप ५२२५ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप ६७ जनाको मृत्यु भएको छ । देशभर ८ हजार ३०५ जनाको मृत्यु भइसकेको छ । नेपालमा मृत्यु हुने दर १.६ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्