गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त



पोखरा,जेठ २९ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन । यद्वपी उनले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने ब्यबस्था छ।

मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आव्हान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्