कोरोनाबाट आमाबाबु गुमाएका बालबालिकालाई वाग्मती प्रदेश सरकारले मासिक ३ हजार भत्ता दिने



हेटौँडा,असार १ । वाग्मती प्रदेश सरकारले कोरोनाबाट बाबुआमा दुबैजना गुमाएका बालबालिकालाई मासिक ३ हजार रुपैँया सामजिक सुरक्षा भत्ता दिने भएको छ ।

कोभिड बाहेक अन्य कारणले बाबुआमा दुबै गुमाएका बालबालिकाको हकमा भने मासिक २ हजार सामाजिक सुरक्षा भत्ता दिईने समेत बजेटमा उल्लेख छ ।

आर्थिक वर्ष २०७८–०७९ को बजेट प्रस्तुत गर्दै वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले उक्त घोषँणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्