नेपालमा थप २४०१ जनामा संक्रमण पुष्टि



काठमाडौं, असार ५ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ हजार ४ सय १ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ६ लाख १७ हजार ६ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टा समयावधिमा ३६ सय ६० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ५ लाख ५३ हजार ३ सय ४२ जना संक्रमणमुक्त भएका छन् । आज ११ हजार ६ सय ९६ जनाको परीक्षणमा २४सय १ जनाको संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्