तथ्य विनाको तर्कको पछि नलागौ- तेजबहादुर तामाङ, अध्यक्ष पञ्चकन्या गाउँपालिका



गाउँपालिकाकाे अागामी आर्थिक वर्ष २०७८/७९ काे वार्षिक नीति तथा कार्यक्रम र बजेट तयारीका बारे राजनीतिक दलहरूकाे राय तथा सुझाव संकलनको लागि बसेको सर्वदलीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष तामाङ

नुवाकोट,असार ७ । जिल्लास्थित पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले आम नागरिकलाई तथ्यहीन तर्कको पछि नलाग्न अनुरोध गरेका छन् । सोमबार गाउँपालिकाकाे अागामी आर्थिक वर्ष २०७८/७९ काे वार्षिक नीति तथा कार्यक्रम र बजेट तयारीका बारे राजनीतिक दलहरूकाे राय तथा सुझाव संकलनको लागि बसेको सर्वदलीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष तामाङले समाजमा आफुविरुद्ध षड्यन्त्रको खेल खेल्न एकप्रकारको संजाल नै लागि परेको बताए ।’जोजस्ले षड्यन्त्र अपनाए पनि म जनताको पक्षमा विकास र निर्माणका गतिविधिका साथ अगाडि बढ्छु’-अध्यक्ष तामाङले भने-‘ विकासका सवालमा सँकुचित मन होइन उदार भावना लिएर अगाडि बढ्नेलाई स्वागत गर्दछु।’

हराएको ५३ लाख रकमका विषयमा बोल्दै अध्यक्ष तामाङले प्रहरी तथा सिआईबीका टोली दिनरात खटिरहेकाले यस्को सत्य तथ्य यथाशक्य चाडै फैसला हुने सूचना आफुले पाएको बताए। ‘सानो रकम होइन,यस्को अनुसन्धान र फैसला चाडै नै हुने संकेत पाएको छु’उनले भने- ‘तर यस बिचमा अनुसन्धानलाई नै प्रभाव पार्ने खालका अनगर्ल टिकाटिप्पणी र कुप्रचारले अत्यन्तै दुःखित भएको छु ।’

गाउँपालिकाकाे आगामी वार्षिक नीति तथा कार्यक्रम र बजेटकाे तयारीका लागि सवै राजनीतिक दलहरूकाे राय सुझाव संकलनको लागि बसेको भेलामा गाउँपालिकाका उपाध्यक्ष सीता पराजुली, पूर्व प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनी,वडा नम्बर १ का अध्यक्ष मणिनाथ लामिछाने,वडा नम्बर ५ का अध्यक्ष डिल्लीबहादुर थापा, नेकपाका राजन गौतम,स्थानीय पार्टी प्रतिनिधि,बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।

साझापथ डटकमले अध्यक्ष तामाङसंग गरेको भिडियो संवाद हेर्न तलको लिंकमा जानुहोस

प्रतिक्रिया दिनुहोस्