टोखा नगरपालिकाले गर्यो मेलम्ची तथा हेलम्बु बाढी पिडितलाई २० लाख सहयोग



काठमाडौँ,असार ८ । टोखा नगरपालिकाले मेलम्ची तथा हेलम्बुका बाढी पिडितलाई बिस लाख रुपैयाँ आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

सोमबार बसेको नगरपालिकाको कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो। बैठकको निर्णयबाट बाढीले गरेको धनजनको क्षतिपछिको राहत तथा उद्धार कार्यलाई राहातस्वरुप सो रकम सहयोग गर्ने घोषणा गरेको बताइएको छ ।

मेलम्ची नै काठमाडौंको पानीको प्रमुख स्रोत भएको र सोही स्थानमा विपद् पर्दा नगरपालिकाले सक्दो सहयोग गर्ने मेयर अधिकारीले बताए।

मंगलबार राति आएको बाढीका कारण मेलम्ची बजार बगरमा परिणत भएको छ भने सयौं मानिस विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्