नुवाकोट दुप्चेश्वर बजेट तथा नीति कार्यक्रम: प्रत्येक वडामा बन्ने भयो हेलिप्याड



नुवाकोट,असार ९ । जिल्लाको दुप्चेश्वर गाउँपालिकाले प्रत्येक वडामा हेलीप्याड निर्माण गर्ने भएको छ ।

बुधबार गाउँसभाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष योविन्द्रसिं तामाङले आर्थिकवर्ष २०७८/७९ भित्र हवाई उद्दार सेवा र विपदको बेला अत्यावश्यक सामग्री ल्याउन सहजको लागि सातै वडामा हेलीप्याड निर्माण गरिने उल्लेख गरे ।

हेलिप्याडबाट आकस्मिक बिरामी दुर्घटनाका घाईतेहरुलाई तत्कालै उद्वार गरि अस्पतालसम्म पुर्‍याउन र बिपतमा राहत उपलब्ध गराउन सहयोग पुर्‍याउन गाउँपालिकाको सबै वडामा हेलीप्याड निर्माण गरिन लागेको बताए ।

हेलीप्याड निर्माण गर्न स्थान छनोटका लागि नेपाली सेनाको सहयोग लिइने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्