फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य



काठमाडौं,असार ९ । पेट्रोलियम पदार्थको मूल्य पुन बढेको छ । नेपाल आयल निगमले पेट्रोल,डिजेल र मटितेलको साविकको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरेको हो ।

मूल्य वृद्धिसंगै अब पेट्रोलको मूल्य १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ पुगेको निगमद्वारा प्रकाशित सूचनामा उल्लेख छ । हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरी ८२ रुपैयाँ प्रति लिटर र हवाई इन्धन(अन्तर्राष्ट्रिय उडान)मा प्रति किलोलिटर अमेरिकी डलर २०ले वृद्धि गरेर नयाँ बिक्री मूल्य अमेरिकी डलर ७३५ प्रति किलो लिटर कायम गर्ने निर्णय निगमले गरेको छ ।

निगमले अन्तर्राष्ट्रिय बजारको मूल्य देखाउँदै निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य कायम गरिएको जनाएको छ । गत वर्ष लकडाउनमा निगमले उच्च नाफा राखेर तेल बचेको थियो ।

प्रतिक्रिया दिनुहोस्