कोपा अमेरिका कप फुटबलको क्वाटरफाइनल समिकरण पूरा



एजेन्सी,असार १५ । कोपा अमेरिका कप फुटबलको क्वाटरफाइनल समिकरण पूरा भएको छ । ब्राजिलमा भइरहेको यो प्रतियोगिता अन्तर्गत समूह चरणका खेल सकिएसंगै क्वाटरफाइनल समिकरण पुरा भएको हो । क्वाटरफाइनलका खेल शनिबारदेखि शुरुहुने छ । क्वाटरफाइनलमा हरेक दिन दुई दुई वटा खेल हुने छन्।

पहिलो खेल नेपाली समय अनुसार विहाने पौने ३ बजे र दोस्रो खेल पौने ६ बजे शुरुहुने छ । पहिलो क्वाटरफाइनलमा पेरु र पारग्वेबीच प्रतिस्पर्धा हुने छ । सोही दिन ब्राजिल र चिली आमने सामने हुने छन् । आइतबार विहान पौने चार बजे उरुग्वे र कोलम्बियाबीच प्रतिस्पर्धा हुँदा सोही दिन अर्जेन्टिना र इक्वेडोरबीच दोस्रो खेल हुने छ ।

खेल पौने सात बजे शुरुहुने छ । पहिलो सेमिफाइनल मंगलबार विहान पौने पाँच बजे तथा दोस्रो सेमिफाइनलमा बुधबार पौने सात बजे हुने छ । तेस्रो स्थानका लागि शनिबार पौने ६ बजे प्रतिस्पर्धा हुँदा फाइनल खेल आइतबार पनि सोही समयमा हुने छ ।

प्रतिक्रिया दिनुहोस्