जर्मनीलाई पराजित गर्दै इङ्ल्यान्ड युरो कप २०२० को क्वाटर फाइनलमा



एजेन्सी,असार १६ । जर्मनीलाई पराजित गर्दै इङ्ल्यान्ड युरो कप २०२० को क्वाटरफाइनलन पुगेको छ।

मंगलबार राति भएको खेलमा जर्मनीलाई २-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम आठमा स्थान बनाएको हो । आफ्नै घरेलु मैदान वेम्बलीमा भएको खेलमा इङ्ल्यान्डका लागि रहिम स्टर्लिङ र हेरी केनले एक एक गोल गरे। स्टर्लिङले खेलकाे ७५ औँ मिनेटमा र कप्तान केनले ८० औँ मिनेटमा गोल गरेका थिए।

जर्मनीविरुद्ध इंग्ल्यान्डले ५५ वर्षपछि नकआउट चरणमा जित हात पारेको हो। इंग्ल्याण्डले कुनै मुख्य प्रतियोगितामा जर्मनीलाई हराएको सन् १९६६ यता पहिलो पटक हाे ।

तीनपटकको विजेता जर्मनी अघििल्ला लगातार तीन संस्करणमा कम्तिमा सेमिफाइनलसम्म पुगेको थियो। जर्मनी ग्रुप अप डेथबाट अगाडि बढेको थियो। त्यो समूहबाट आएका फ्रान्स र पोर्चुगल पनि बाहिरिसकेका छन्।

अब इंग्ल्यान्डले क्वाटरफाइनलमा युक्रेनसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्