नेपाली राष्ट्रिय फुटबल टीमको प्रारम्भिक बन्द प्रशिक्षण शुरू



काठमाडौं,असार २१ । नेपाली राष्ट्रिय फुटबल टीमको प्रारम्भिक बन्द प्रशिक्षण शुरू भएको छ ।

नेपाली टोलीले हिजो आइतबारदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बन्द प्रशिक्षण शुरू गरेको हो । खेलाडीमा कोरोना संक्रमण देखिएपछि रोकिएको बन्द प्रशिक्षण सूचारु गरिएको एन्फाले जनाएको छ ।

अब्दुल्लाह अलमुताइरी मुख्य प्रशिक्षक रहेको बन्द प्रशिक्षणका लागि ५० खेलाडी सहभागी रहने बताइएको छ । साफ च्याम्पियनशीप र एशियन कप छनोट अन्तर्गत फाइनल चरणको छनोटका लागि ५० खेलाडीलाई प्रशिक्षणमा बोलाइएको हो ।

बन्द प्रशिक्षणमा अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार,दीप कार्की, किरण कुमार लिम्बु, आशिष लामा, अभिषेक रिजाल, अमित तामाङ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विवेक बस्नेत, निशान खड्का, रवी पासवान, रोहित चन्द लगाएतका छन् ।साफ च्याम्पियनसिप आगामी सप्टेम्बर १४ देखि २५ तारिखसम्म बङ्गलादेशमा हुनेछ भने एशियन कपको अन्तिम छनोट सन् २०२२ को फेब्रुअरीमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्