शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त, ६ बजे शपथ तय



काठमाडौं, असार २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन् । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ भने साँझ ६ बजेलाई तय गरिएको श्रोतले जनाएको छ ।

सर्वोच्च अदालतको परमादेशअनुसार राष्ट्रपति भण्डारीले देउवालाई आज संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रधानमन्त्रीमा नियुक्त देउवाले आजै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी समेत गरेका छन् ।

त्यसको लागि अहिले देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मन्त्रालय बाँडफाँडबारे वार्तालाप भैहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्