चित्रकलामा प्रख्यात उत्तम नेपालीको निधन



काठमाडौं, साउन ६ । नेपाली आधुनिक चित्रकला क्षेत्रका शिखर पुरुष उत्तम नेपालीको निधन भएको छ। काठमाडौँ किलागल टोलमा विसं १९९४ वैशाख १८ गते जन्मिएका ललितकलाकर्मी नेपालीको बुधबार बिहान निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

नेपाली मुटुसम्बन्धी समस्याका पीडित थिए। उपचारका क्रममा उनको मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर सेन्टरमा निधन भएको हो ।

तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य समेत रहेका नेपालीले चौध पटकभन्दा बढी एकल चित्रकला प्रदर्शनी गरेका थिए। उनी साहित्यकार नेपालीका लेख, रचना र कविता सङ्ग्रहमा पोख्त थिए ।

प्रतिक्रिया दिनुहोस्