विपद् जोखिम न्यूनीकरण सद्भावना दूतमा सुनिता र प्रकाश नियुक्त



काठमाडौ,साउन ८ । गायक प्रकाश सपूत र गायिका सुनिता दुलाललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘विपद् जोखिम सद्भावना दूत’ घोषणा गरेको छ ।

बिहीबार सिंहदरबारमा एक समारोहकाबीच प्राधिकरणका प्रमखु कार्यकारी अधिकृत अनिल पोखरेलले प्रमाणपत्र दिएर उनीहरुलाई एक वर्षका लागि ‘विपद् जोखिम सद्भावना दूत’मा नियुक्त गरेको जानकारी दिए ।

गीतसङ्गीतका माध्यामबाट समुदायमा जनचेतना अभिवृद्धि गर्न आवश्यक भएकाले उनीहरूलाई दूत नियुक्ति गरिएको पोखरेलले बताए । सपुत बाग्लुङ र दुलाल सिन्धुपाल्चोक निवासी हुन् ।

प्रतिक्रिया दिनुहोस्