सुन चाँदीको मूल्यमा सामान्य ह्रास



काठमाण्डाै,साउन १० । हप्ताको पहिलो दिन सुन चाँदीको भाउ सामान्य ह्रास आएको छ । आइतबार सुन तोलामा एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा ९२ हजार रुपैयाँ तोकिएको छ। पछिल्लो समय सुनको भाउमा सामान्य उतारचढाव आइरहेको छ ।

यो हप्ता पनि भाउ यस्तै रहने अनुमान छ । विश्व बजारमा सुनमा भन्दा शेयरमा आकर्षण बढेकाले तत्कालै सुनको भाउमा धेरै उतारचढाव आउने सम्भावना नरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । यस्तै, आज चाँदीको भाउ पनि सामान्य घटेको छ ।

चाँदीको भाउ आज तोलामा १० रुपैयाँले घटेर १२ सय ७० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्