नेप्से प्रमुखसँग अर्थले माग्यो स्पष्टीकरण



काठमाडौं,साउन १५ ।  सर्वोत्तम सिमेन्टको शेयर खरीदका विषयमा अर्थमन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृतसँग स्पष्टीकरण मागेको छ ।

साउदले बुक बिल्डिङ प्रक्रियाबाट शेयर जारी गर्ने तयारीमा रहेको सर्वोत्तमको शेयर श्रीमतीको नाममा खरीद गरेको समाचार प्रकाशित भएको थियो । समाचार प्रकाशित भएपछि अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले बिहीबार पत्र पठाउँदै नाम नतोकी नेप्सेसँग तीन दिने स्पष्टीकरण मागेको हो । ‘विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएका कम्पनीसँग सम्बन्धित समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको छ । सञ्चार माध्यममा आएका उक्त विषयवस्तुको सम्बन्धमा सत्यतथ्य यथार्थ के हो, सो को स्पष्ट र तथ्यपरक विवरण तीन दिनभित्र यस मन्त्रालयमा उपस्थित गराइदिनुहुन आदेशानुसार अनुरोध छ’, अर्थले सोधेको पत्रमा भनिएको छ ।

शेयर खरीद बारे अर्थले धितोपत्र बोर्डसँग समेत तीन दिने स्पष्टीकरण सोधिसकेको छ । बोर्ड अध्यक्षको नाम नखुलाई स्पष्टीकरण सोधिएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्