लगानीमैत्री क्षेत्रमा सहकार्य गर्न प्रदेश सरकारलाई उद्योगीको आग्रह



विराटनगर,साउन १७। उद्योग संगठन मोरङले प्रदेश १ का लगानीमैत्री क्षेत्रहरूमा सहकार्य गर्न प्रदेश सरकार समक्ष आग्रह गरेको छ । प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र प्रदेश योजना आयोगसँगको छलफलमा संगठनका अध्यक्ष सुयश प्याकुरेलले लगानीमैत्री क्षेत्रमा सरकारसँग मिलेर बहुआयामिक कार्यक्रम सञ्चालन गर्न आपूmहरू तयार रहेको बताए ।

आर्थिक तथा औद्योगिक क्षेत्रको हितलाई ध्यानमा राखेर ती क्षेत्र चलायमान बनाउन सम्बन्धित मन्त्रालयका मन्त्री÷राज्यमन्त्री र योजना आयोगका उपाध्यक्ष समक्ष संगठनले आग्रह गरेको हो । संगठनले प्रारम्भ गरेको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम, शीप विकास कार्यक्रम, इन्टरप्राइजिङ इष्ट र शीप विकास एकाइको स्थापना जस्ता कार्यले प्रदेशको औद्योगिक तथा आर्थिक क्षेत्रलाई अभिवृद्धि गरेको अध्यक्ष प्याकुरेलले बताए ।

ती क्षेत्रहरूमार्फत प्रदेशमा लगानीमैत्री वातावरण तयार हुने भन्दै उनले लगानीका लागि सहकार्य गर्न प्रदेश सरकारसँग आग्रह गरेका हुन् । कार्यक्रममा मोरङ व्यापार संघसमेतको सहकार्यमा संयुक्त रूपमा शुरू गरिएको ‘मेरो देश, मेरै उत्पादन’ अभियान अघि बढाउन तथा अन्तरराष्ट्रियस्तरको प्रदर्शनी केन्द्रको निर्माण प्रक्रियालाई तीव्रता दिन प्रदेश सरकारसमक्ष आग्रह गरिएको छ ।

छलफल कार्यक्रममा प्रदेश १ का सामाजिक विकासमन्त्री उषाकला राईले समग्र आर्थिक विकासमा संगठनले प्रस्तुत गरेको अवधारणामा मन्त्रालयले सहकार्य गर्ने बताइन् । मन्त्री राईले युवाहरू वैदेशिक रोजगारीमा केन्द्रित भएकाले युवालाई स्वदेशमै स्वरोजगारीको अवसर सृजना गर्न र आर्थिक विकासमा संलग्न गराउने वातावरण तयार गर्न आग्रह गरेकी हुन् ।

उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझाले सरकारले तीनखम्बे अर्थतन्त्रलाई प्राथमिकतामा राखेको भन्दै संगठनले प्रस्तुत गरेको योजनाले प्रदेश १ को पहिचानलाई स्थापित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले समग्र उद्यमशीलताको प्रणालीको विकासका लागि प्रस्तुत गरिएका रणनीतिक योजनाहरूले महŒवपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले ‘स्टार्टअपको क्षेत्रमा युवा जनशक्तिलाई परिलक्षित गर्न आग्रह समेत गरेका थिए । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्