मैलुङ खोला जलविद्युत् कम्पनीको आईपीओमा २१ लाखभन्दा बढीले दिए आवेदन



काठमाडौं,साउन १९ । मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको आईपीओमा मंगलवार अन्तिमदिनसम्ममा २१ लाखभन्दा बढीले आवेदन दिएका छन् ।

 विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडका अनुसार  कम्पनीको आईपीओमा २१ लाख १८ हजार ९२५ जनाले आवेदकले २ करोड ८४ लाख ४१ हजार ८४० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले सर्वसाधारणका लागि साउन १४ गतेदेखि ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये १४ हजार ७२६ कित्ता कर्मचारीहरुको लागि,३६ हजार ८१४ कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ६ लाख ८४ हजार७४६ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरिएको हो ।

कम्पनीले निष्कासन गर्न गरेको आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी डि इक्यूआर रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले वित्तीय दायित्त पुरा नगरेको वा छिटै पुरा गर्न नसक्ने संकेत गर्दछ । 

आईपीओ निष्कासन तथा बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी रू. ३६ करोड ८१ लाख ४३ हजार पुग्नेछ । आईपीओपछि कम्पनीको शेयर संरचना संस्थापकतर्फ ७० प्रतिशत, आयोजना प्रभावित स्थानियमा १० प्रतिशत र कर्मचारीसमेत सर्वसाधारणमा २० प्रतिशत स्वामित्व रहनेछ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्