यस्तो छ आजको सुनचाँदीको मूल्य



काठमाडौ,साउन २० । साताको पाँचौ दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।

बुधबार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।मंगलबार छापवाला सुनको मूल्य तोलाको ९२ हजार तीन सय रुपैयाँ थियो।

तेजाबी सुनको मूल्य पनि तोलामा तीन सय रुपैयाँले घटेर ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार तेजाबी सुनको मूल्य ९१ हजार ८ सय रुपैयाँ थियो। यस्तै चाँदीको मूल्य १० रुपैयाँले बढेर १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्