काठमाडौं नृत्य निर्देशक सङ्घको अध्यक्षमा पुनः बुद्ध लामा



काठमाडौं,साउन २४ । जिल्लाको नृत्य निर्देशक सङ्घको अध्यक्षमा पुनः बुद्ध लामा चयन भएका छन् । शनिबार निलोपुलमा भएको सङ्घको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनबाट लामाको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो।

सङ्घको नयाँ कार्य समितिको दुई जना उपाध्यक्षमा अर्जुन तामाङ र महेश थापा, सचिवमा देवराज गुरुङ, सह सचिवमा छिरिङ लामा, कोषाध्यक्षमा ममता राई र सह–कोषाध्यक्षमा निरु फुँयाल निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यमा अनिल भुजेल, पूर्णबहादुर स्याङ्तान, लक्ष्मी पुरी, सरस्वती पोखरेल, समृद्धि पन्त र भक्त कुमार राई निर्वाचित भएका छन् । अघिल्लो कार्यकालमा पनि लामाको नृत्वत्वमानै कार्यसमिति गठन भएको थियो ।

साधारणसभा समारोहमा नेपाली काँग्रेस बिपीका नुवाकोट जिल्ला सभापति एवं केन्द्रीय सदस्य श्यामबहादुर गुरुङ, नृत्य निर्देशक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठ,जिल्ला शाखा काठमाडौँका सल्लाकार कमल राई, अर्का सल्लाकार केपी पौड्याल, नृत्य निर्देशक सङ्घ भक्तपुर शाखाका अध्यक्ष चूडामणि फुँयाल, ललितपुर शाखाका सचिव मिर्नरवा शर्मा राजोपाध्याय तथा पत्रकार महासङ्घ उपत्यका समितिका सदस्य अर्जुनबहादुर तामाङ लगायतले शुभकामना तथा मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्