बुद्धभुमिको आईपीओ साउन ३२ गतेदेखि, नुवाकोटका नागरिकलाई यस्तो छुट



काठमाडौ,साउन २४ । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओ साउन ३२ गतेदेखि निष्काशन तथा बिक्री खुला हुने भएको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १२ लाख कित्ता साधारण शेयरमध्ये ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। यस लगत्तै मात्र अन्य क्षेत्रका लागि खोलिने हाइड्रोपावरले जनाएको छ।

निष्काशन बन्द छिटोमा भदौ १४ गते हुनेछ भने ढिलोमा भदौ २९ गते हुनेछ। आईपीओमा ज्योति विकास बैंक, प्रभु बैंक र सिभिल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्