घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?



काठमाडौं, साउन २४ । सुनको मूल्य घटेको छ। साताको कारोबारको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको हो । शुक्रबार प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १५ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९० हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन आज प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, चाँदीको मुल्य पनि आज २५ रुपैयाँले घटेर प्रतितोला १२ सय ४० रुपैयाँ कायम भएको छ । हिजो चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्