१० बुँदे सहमतिको बाटोबाट अघि बढ्न पार्टी प्रतिवद्ध छ : पोखरेल



काठमाडौं,भदौ ३ । नेकपा एमालेका नेता शंकर पोखरेलले कार्यदलले तयार पारेको १० बुँदे सहमतिको बाटोबाट अघि बढ्न पार्टी तयार रहेको बताएका छन् ।

नेता शंकर पोखरेलले झण्डै तीन कार्यकाल पार्टीको नेतृत्व गरेका माधव नेपालले सहमतीको बाटो छोडेर नयाँ पार्टी खोल्नु दुःखद पक्ष रहेको बताएका छन् ।

उनले पार्टीलाई कमजोर पार्ने षडयन्त्रका विरुद्ध विचलित नभई अघि बढ्नु सिंगो पार्टी पंक्तिको कर्तव्य रहेको पनि बताएका छन् ।

नेता पोखरेलले सामाजिक संजाल फेसबुकमार्फत लेखेका छन्, ‘झण्डै तीन कार्यकाल पार्टीको नेतृत्व गर्नुभएका माधव कमरेडले सहमतीको वाटो छोडेर नयाँ पार्टी खोल्नु दुःखद पक्ष हो । कार्यदलले तयार गरेको १० वुँदे सहमतीको वाटोवाट अघि वढ्न पार्टी प्रतिवद्ध छ । पार्टीलाई कमजोर पार्ने षडयन्त्रका विरुद्ध विचलित नभइ अघि वढ्नु सिंगो पार्टी पंक्तिको कर्तव्य हो । विचार र सिद्धान्तले लैस पार्टीलाई संगठनात्मक रुपमा सुदृढ बनाउ, सबै प्रकारका षडयन्त्रलाई सामना गरेर पार्टीलाई मुलुककै नेतृत्वकारी शक्तिका रुपमा स्थापित बनाउ । ‘

प्रतिक्रिया दिनुहोस्