चर्को शुल्क लिएको भन्दै इन्जिनियरिङ कलेजविरुद्ध विद्यार्थीको प्रदर्शन



काठमाडौं,भदौ ३ । निजी इन्जिनियरिङ कलेजले अनलाइन कक्षाको नाममा चर्को शुल्क असुलेको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । उनीहरुले काठमाडौँको नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म र्‍यालीसहित विरोध प्रदर्शन गरेका हुन्।

कलेजले अनलाइन कक्षाको नाममा २ महिना भिडियो देखाएर डेढ लाख रुपैयाँ सम्म शुल्क लिएको बिद्यार्थीहरुको आरोप छ ।

नेशनल कलेज अफ इन्जिनियरिङ कलेजमा अद्यनरत विद्यार्थी सिर्जन रिजालले एशोसिएसन अफ इन्जिनियरिङ कलेजले लिने अनलाइन कक्षाको शुल्क न्यायउचित भए आफुहरु शुल्क तिर्न तयार रहेको बताए। ‘हामी सुल्क तिर्न तयार छौँ’ उनले भने,’ तर एशोसिएसनले पहिला भौतिक रुपमा उपस्थिती हुदा र अनलाइन हुदा लिने शुल्कमा कति फरक पर्यो त्यो छुट्याएर मात्र शुल्क लिनुपर्यो। न्यायउचित भए हामिले शुल्क तिर्दैनौ भनेका छैनौ।’

कोरोना महामारीका बेला मारमा पर्ने गरी चर्को शुल्क लिने कलेजहरुलाई कारबाही गर्न बिद्यार्थीहरुले इन्जिनियरिङ अध्ययन संस्थान (आईओएम) सँग माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्