गत आवमा रू १६ अर्बको तरकारी आयात



काठमाडौं,भदौ ४ । गत आर्थिक वर्षमा नेपालमा रू. १६ अर्ब बराबरको ५ लाख ७९ हजार मेट्रिक टन (मेटन)  विभिन्न प्रकारका तरकारी आयात भएको छ भने रू. १३ करोड बराबरको करीब ६ हजार मेटन तरकारी निर्यात भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०१९।२० मा ३९ लाख ६२ हजार मेटन बराबरको तरकारी आयात भएको देखिन्छ ।

मुलुकको कुल तरकारीको मागमा आयातको अंश करीब ११ प्रतिशत बराबर रहेको छ । १० वर्षअगाडि नेपालको तरकारी बजारमा आयातको अंश करीब ४ प्रतिशत मात्र रहेको थियो । विगत १३ वर्षको अवधिमा तरकारीको आयातको औसत वार्षिक वृद्धिदर करीब २७ प्रतिशत रहेको छ । कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार विगत १० वर्षमा तरकारीको औसत आर्थिक वृद्धिदर करीब  करीब  २ दशमलव ५ प्रतिशत मात्र रहेको छ ।

नेपालमा तरकारीको कुल माग ४४ लाख ४५ हजार मेटन रहेको छ । आर्थिक वर्ष २०२०/२१ मा तरकारीको कुल आयातमा भारतको अंश करीब  ९० प्रतिशत रहेको छ भने चीन र बँगलादेशको अंश क्रमशः ८ र २ प्रतिशत रहेको छ । नेपालमा विश्वका विभिन्न २० ओटा देशबाट तरकारी आयात हुने गर्छ । अफ्रिका महादेशदेखि यूरोप, एशिया र अमेरिकाका विभिन्न देशबाट नेपालमा तरकारी आयात हुने गर्छ । कुल आयातित तरकारीमा आलुको अंश करीब  ५२ प्रतिशत रहेको छ भने प्याज, लसुन, टमाटर, च्याऊ, केराऊ तथा अन्य हरिया कोशा काउलीबन्दा, भेडेखुर्सानी फर्सी लौका आदि पनि प्रशस्त मात्रामा आयात हुने गर्छ ।

उपर्युक्त तथ्यांक र तथ्यहरूबाट नेपालमा तरकारीको उत्पादन र निर्यातमा जडता देखिएको छ भने आयातको वृद्धिदर उच्च रहेको देखिन्छ । आयातको प्रवृत्ति र उत्पादनको अवस्थालाई हेर्दा आगामी वर्षहरूमा तरकारीको आयात अझ वृद्धि हुन जाने देखिन्छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्