राष्ट्रिय युवा संघ टोखा नगरपालिका वडा नम्बर १ को भेला सम्पन्न



काठमाडौ,भदौ १२ । नेपाल कम्युनिस्ट पार्टी एमाले टोखा नगरपालिका वडा नम्बर १ को युवा भेला शनिबार सम्पन्न भएको छ।

परिवर्तित राजनैतिक घटनाक्रम अनुसार नेकपा एमाले टोखा नगरपालिका वडा नम्बर १ ले युवा भेलाको आयोजना गरी नयाँ राष्ट्रिय युवा संघ समेत गठन गरेको छ। टोखा नगरपालिका वडा नम्बर १ झोरस्थित झरना पार्टी प्यालेसमा भएको युवा कार्यकर्ता भेलालाई नेकपा एमाले काठमाडौ जिल्ला कमिटी अध्यक्ष कृष्ण राई, विशेष अतिथि टाेखा नगरका मेयर प्रकाश अधिकारी,उपमेयर ज्ञानमाय डंगाेल र युवा संघ नेपालका केन्द्रीय सचिव महाराजा सुवेदी,वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारी लगायतले सम्बोधन गरेका थिए।

सो भेलाले सुर्यबहादुर तामाङको अध्यक्षतामा २६ सदस्यीय राष्ट्रिय युवा संघ समेत गठन गरेको छ। समितिको उपाध्यक्षमा आशिष अधिकारी, सचिवमा सुदिप दुलाल,उपसचिवमा सुरज अधिकारी, कोषाध्यक्षमा दीक्षा अधिकारी चयन भएका छन् ।

त्यस्तै संघको सदस्यहरुमा लक्ष्मण काफ्ले, इश्वरी चौलागाईं, अमित महर्जन, मनिराज महर्जन, महेश्वर अधिकारी, उत्सव पाण्डे, अजय बिडारी, दिनेश लामा, अक्षयकुमार दुलाल, सन्तोष लामिछाने, बिरेन्द्र लामिछाने, राजु दुलाल, सोनाम लामा, अर्चना तामाङ, निर्मल अधिकारी, ज्योति अधिकारी, रवि तामाङ, संजय महर्जन लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्