वाग्मती प्रदेशका १२ सांसदले छाडे एमाले



काठमाडौं,भदौ १५ । वाग्मती प्रदेशका १२ जना प्रदेश सांसदले नेकपा एमाले छाडेका छन् । उनीहरुले नेकपा एमाले छोड्दै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी रोजेका हुन।

एमाले छोडेर एकीकृत समाजवादी पार्टी रोज्ने सांसदहरु वाग्मती प्रदेशका समाजिक विकासमन्त्री मुनु सिग्देल, कृष्ण प्रसाद खनाल,राजेन्द्र पाण्डे, बसन्त मानन्धर,राजेन्द्रमान श्रेष्ठ रहेका छन् ।

त्यस्तै माधव पौडेल, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, कुसुम कार्की, रमा आले मगर, पार्वती सिलवाल र इन्द्रमाया गुरुङ रहेका छन् । एमालेको ५६ नेताहरुमा नेकपा समाजवादीमा १२ जना खुलेका हुन् ।

प्रतिक्रिया दिनुहोस्