वाईसियल नेपालले गर्यो २ सय ३१ सदस्यीय केन्द्रिय समिति चयन



काठमाडौँ,भदौ १५ – नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाईसियल नेपालले २ सय ३१ सदस्यीय केन्द्रिय समिति चयन गरेको छ ।

विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाईसियल नेपालको आज सम्पन्न राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रिय समिति चयन गरेको हो । भेलाले अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जिम्मेवारी भने नयाँ केन्द्रिय समितिलाई नै दिएको छ ।

केन्द्रिय समितिको बैठकले पदाधिकारी चयन गर्ने गरी केन्द्रिय समितिका सदस्यहरु भने चयन गरिएको वाईसियलका ईन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशीखा’ले जानकारी दिनु भयो । नयाँ केन्द्रिय समितिमा २३ जना भने पछि मनोनित हुनेछन ।

इन्चार्ज दिपशीखाका अनुसार वाईसियलको बिधानमा १० प्रतिशत सदस्य पछि मनोनित गर्ने व्यवस्था गरिएकाले २३१ जनामध्ये २३ जना पछि मनोनित हुनेछन ।

गत शनिबारबाट सुरु भएको वाईसियलको राष्ट्रिय भेलामा अध्यक्ष पदका लागि सुबोध सेर्पाली, सुमन देवकोटा र यशोदा न्यौपानेले दावी गर्नु भएको थियो ।

तर सहमती जुटाउन नसकेपछि केन्द्रिय समितिले नै पदाधिकारी चयन गर्नेगरी नयाँ केन्द्रिय कार्य समिति राष्ट्रिय भेलाले चयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्