नुवाकोट कांग्रेसको वडा अधिबेशन सर्यो



नुवाकोट,भदौ १६ । नेपाली कांग्रेस नुवाकोटको वडा अधिवेशन सरेको छ ।

आज वसेको निर्वाचन समिति र नेपाली काग्रेँस जिल्ला कार्यसमिति नुवाकोटको सयुत्त बैठकले नुवाकोटको ८८ वटै वडा अधिबेसन भदौ २१ गते गर्ने निर्णय गरेको नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले जानकारी दिए ।

केसीका अनुसार सबैको सहमतिमा जिल्लाका सबै वडामा भदौ २१ गते अधिवेशन गर्ने निर्णय भएको छ ।

प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी १ असोज, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ५ असोजमा हुनेछ ।

यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १० असोज, प्रदेश अधिवेशन १० देखि १२ कात्तिकसम्म र केन्द्रीय महाधिवेशन आगामी ९ देखि १३ मंसिरसम्म काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्