एमालेमा नयाँ विवादः दोस्रो पुस्ताका नेता असन्तुष्ट



काठमाडौं, भदौ १८ । एमाले अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारका दोस्रो पुस्ताका नेताहरूबीच फेरि विवाद सुरु भएको छ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको साथ छोडेर एमालेमा फर्किएका दोस्रो पुस्ताका नेताहरू अध्यक्ष ओली पुनः एकलौटी रूपमा अगाडि बढ्न थालेको भन्दै असन्तुष्ट बन्न थालेका छन् ।

२ जेठ २०७५ मा एमालेलाई फर्काउने निर्णय कार्यान्वयनमा ल्याउने भनिएको एक साता नबित्दै अध्यक्ष ओली र दोस्रो पुस्ताका नेताहरूबीच खटपट सुरु भएको हो । केही दिनअघिको बैठकमा १० बुँदे प्रस्ताव कार्यान्वयन गर्ने सहमति भएको थियो ।

९ भदौमा बसेको केन्द्रीय कमिटी बैठकले पार्टीलाई २ जेठ २०७५ को अवस्थामा फर्काएर क्रियाशील गराउने निर्णय गरेर परिपत्र जारी गरे पनि अध्यक्ष ओलीमाथि एकलौटी रूपमा अघि बढ्न खोजेको आरोप लागेको छ ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्