माओवादी केन्द्र काठमाडौं-बेलकोटगढी,ककनी र शिवपुरी सम्पर्क मञ्चको तेस्रो भेला सम्पन्न



काठमाडौं,भदौ १९ । माओवादी केन्द्र काठमाडौं -बेलकोटगढि,ककनी र शिवपुरी सम्पर्क मञ्चको तेस्रो भेला सम्पन्न भएको हो। बालाजुस्थित नागार्जुन पार्टी प्यालेस माछापोखरीमा सम्पन्न भेलामा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा सांसद हित बहादुर तामाङको प्रमुख आथित्यता रहेको थियोे ।

कार्यक्रममा प्रदेश कमिटी सचिवालय सदस्यहरु विवेक अधिकारी ,रामप्रसाद ढुंगाना, पुष्प लामिछाने, केशव पुडासैनी र जिल्ला कमिटी सदस्य लगायतको उपस्थिति रहेको थियो ।

भेलाले नुवाकोटको तीन स्थानीय तहका सम्पर्क मञ्चको अध्यक्ष ,पदाधिकारी लगायत कमिटीमा जिम्मेवारी प्रदान गरेको छ । जस अन्तर्गत ककनी गाउँपालिकामा श्रीप्रसाद घिमिरेको अध्यक्षतामा काठमाडौं-ककनी सम्पर्क मञ्च खडा गरिएको छ। मञ्चको उपाध्यक्षमा देवराज बजगाई,उपाध्यक्ष उमेश फुयाल, सचिवमा नरबहादुर तामाङ, कोषाध्यक्षमा बिकास थापा लगायत ३३ सदस्यीय मञ्च गठन भएको छ।

त्यस्तै शिवपुरी-काठमाडौं सम्पर्क मञ्चमा नवराज रानामगरको अध्यक्षतामा २६ सदस्यीय मञ्च गठन गरिएको छ। समितिको उपाध्यक्षमा पार्वती थापा, सचिवमा बासु थपलिया, कोषाध्यक्षमा सन्तबहादुर तामाङ लगायत २६ सदस्यीय समिति चयन गरिएको छ।त्यस्तै भेलाले बेलकोटगढीमा जीवन श्रेष्ठको अध्यक्षतामा ३३ सदस्यीय सम्पर्क मञ्च गठन गरेको छ।

प्रतिक्रिया दिनुहोस्