भद्रुटार नेपाली काङ्ग्रेसको सभापतिमा मदु थापा



नुवाकोट, भदौ २१ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारको सभापतिमा डिल्लीबहादुर थापा (मदु) चयन भएका छन्।

यसअघि पनि अध्यक्ष थापाकै टीम कार्यसमितिमा रहेको थियोे। सोमबार भद्रुटारमा भएको १४ औं महाधिवेशनका लागि भएको भेलाले पुनः निर्विरोध सोही समितिलाई चयन गरेको हो। सभापति थापा वडा नम्बर ५ का निर्वचित अध्यक्ष समेत हुन।

थापासहित अन्य पदाधिकारीमा उपसभापति ध्रुवराज गिरी, अर्का उपसभापति जीवन सिटौला, सचिव सूर्यबहादुर कार्की (बलराम), अर्का सचिवमा गोकर्ण गिरी लगायत रहेका छन्।

प्रतिक्रिया दिनुहोस्