नुवाकोट शिवपुरी वडा नम्बर ६ को काङ्ग्रेस सभापतीमा माधव प्रसाद पाठक



नुवाकोट,भदौ २१ । नेपाली कांग्रेस शिवपुरी गाउँपालिका वडा नम्बर ६ को वडा सभापतीमा माधव प्रसाद पाठक निर्विरोध निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार सम्पन्न वडा अधिवेशनबाट १६ जना क्षेत्रीय प्रतिनिधि पनि निर्वाचित भएका छन् ।  

क्षेत्रीय प्रतिनिधिहरुमा रामकृष्ण थापा, लक्ष्मणराज थापा, लाल बहादुर तामाङ, पुरुषोत्तम बस्नेत, दवाङ तामाङ, अर्जुन सिं महत, सुरेन्द्र थापा, चिरञ्जीवी आचार्य, सानुमैया सिटौला, कमला तामाङ, सुन्तली तामाङ, सानो कान्छा तामाङ, कुमारी तामाङ, बालकुमारी तामाङ, सुनिता तामाङ, लक्ष्मी विक निर्वाचित भएका छन् । 

त्यसैगरी वडा कार्यसमितिको उपसभापतीमा राजु तामाङ र सन्तकुमार तामाङ, सचिवमा लेकेन्द्र बहादुर आचार्य र चतुरमान तामाङ, सह सचिवमा झिल्के तामाङ र केशव थापा निर्वाचित भएका छन् ।  त्यस्तै कोषाध्यक्षमा राम बहादुर तामाङ, सदस्यहरुमा सुरत बहादुर बुढाथोकी, भारती भण्डारी, देवकी बखती लोहनी, कान्छी तामाङ, अभियान आचार्य, दिल बहादुर तामाङ, राजु लामा, दिनेश कुमार तामाङ, रमेश पाठक, रिता थापा, झलके तामाङ, रमिला तामाङ, कमल तामाङ र श्याम बहादुर तामाङ, राजु परियार निर्वाचित भएका छन् । 

वडा अधिवेशन कार्यक्रम सम्पन्न भएपछि नेपाली कांग्रेस जिल्ला उपसभापती लक्ष्मणराज थापाले नयाँ कार्यसमितिलाई बधाई दिँदै पार्टीको हरेक क्रियाकलापमा सक्रिय भएर लाग्न आग्रह गरे । त्यस्तै महासमिति सदस्य तथा शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले वडा नं. ६ नेपाली कांग्रेसको गढको रुपमा चिनिएको बताए ।  

निवर्तमान वडा सभापती तथा वडा नं. ६ का वडाअध्यक्ष लाल बहादुर तामाङले नव निर्वाचित सभापती माधव प्रसाद पाठकलाई माइन्युट हस्तान्तरण गरे । कार्यक्रममा वडामा रहेका अधिकांश क्रियाशिल सदस्यहरुको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्