बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार, बद्री मैनालीसहित १० मन्त्री थपिए



काठमाडौं,भदौ २३ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार गरेकी छिन । मन्त्रिपरिषद् विस्तार गरेर १२ सदस्यीय बनाइएको छ । मन्त्रिपरिषद्मा १० जना नयाँ अनुहार थपिएका छन ।

शाक्यको मन्त्रिपरिषद्मा प्रदीप कटुवाल, रचना खड्का, बद्री मैनाली, विजय सुवेदी, अजयक्रान्ति शक्य, चन्द्र लामा, शान्ति पौडेल, जुनेलीमाया श्रेष्ठ, जीवन खड्का र सरस्वती बाची रहेका छन ।

उनीहरूको सपथ दिउँसो २ बजेका लागि तय भएको मुख्यमन्त्रीको कार्यालय स्रोतले जनाएको छ । १० जना मन्त्रीमान नियुक्त भएकाको भए पनि को मन्त्री को र राज्यमन्त्री भन्ने खुलाइएको छैन ।

अहिले एमालेका बागमती प्रदेशका नेताहरू छलफलमा रहेका छन । स्रोतका अनुसार नियुक्त १० मध्ये पाँच मन्त्री र पाँच राज्यमन्त्री हुनेछन ।

पार्टीका केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष रहेका सांसदहरू मन्त्री र अन्य राज्यमन्त्री हुने गरी मापदण्ड तयार गरिएको स्रोतले जनाएको छ । यसअघि मुख्यमन्त्री शाक्य र आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डे रहेका छन ।

प्रतिक्रिया दिनुहोस्