शिवपुरीमा अनेरास्ववियु क्रान्तिकारीको अध्यक्षमा अस्मिता ठकुरी



नुवाकोट, भदौ २५ । जिल्लाक‍ो शिवपुरी गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको विद्यार्थी संगठन अन्तर्गत अखिल क्रान्तिकारीको गाउँपालिका स्तरीय भेला सम्पन्न भएको छ। भेलाले शिवपुरी गाउँपालिकाको विद्यार्थी संगठनको अध्यक्षमा अस्मिता ठकुरी चयन भएकी छिन ।  

माओवादी केन्द्र नुवाकोटका जिल्ला सदस्य सुकुराम तामाङ, शिवपुरी गाउँपालिकाका अध्यक्ष बिरबहादुर तामाङ लगायतको उपस्थितिमा भएको भेलाले ठकुरीको अध्यक्षतामा २५ सदस्यीय शिवपुरी गाउँपालिका कमिटी गठन गरेको थियोे।

समितिको उपाध्यक्षमा करुण रुम्बा, अर्का उपाध्यक्षमा दोर्जे तामाङ, सचिवमा बिकास भेटुवाल, सहसचिवमा रितु तामाङ, कोषाध्यक्षमा सुवास सुनार, कोषाध्यक्षमा छिरिङ तामाङ लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्