संक्रमितको संख्या घट्दै, थप १२ सय संक्रमणमुक्त



काठमाडौं, भदौ २८ । नेपालमा केही दिन यता कोरोना संक्रमितको संख्या घट्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका १ हजार ४ सय ८६ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ७८ हजार ३ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही २४ घण्टामा १ हजार २ सय ६० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ४० हजार ७ सय ७० जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घन्टाका १६ हजार ५ सय ३९ जनाको परीक्षणमा ११ सय ४९ पिसीआर र ३ सय ३७ एन्टिजेन बिधिबाट उक्त संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट आज थप १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १० हजार ९ सय ६५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो मृत्युदर १ दशमलव ४१ प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस्