स्याफ्रुबेँसीबाट गोसाइँकुण्डका विभिन्न वडा जोड्ने काठेपुल सञ्चालनमा



रसुवा,कात्तिक १३ । भोटेकोशी बाढीले सडक सञ्जाल अवरुद्ध भएपछि सम्पर्क विच्छेद भएको रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड गाउँपालिकाका विभिन्न वडा जोड्ने अस्थायी काठेपुल सञ्चालनमा आएका छन् ।

स्थानीयवासीको आवतजावत सहज बनाउने उद्देश्यले वडा कार्यालय र स्थानीय युवाको संयुक्त पहलमा लगातार तीन दिन लगाएर निर्माण गरिएको पुल बिहीबारदेखि सञ्चालनमा आएको हो ।

गोसाइँकुण्ड गाउँपालिका–३ का वडाध्यक्ष मिङमार छिरिङ तामाङका अनुसार बाढीले सडक अवरुद्ध बनाएपछि वडा कार्यालय र स्थानीयवासीको अगुवाइमा पुल निर्माण गरिएको हो । पुल निर्माणका लागि आवश्यक काठ स्थानीयस्तरबाटै सङ्कलन गरिएको थियो ।

काठेपुल सञ्चालनमा आएसँगै गोसाइँकुण्ड गाउँपालिका–३ को खाम्जिङ, वडा नं २ को टिमुरे र वडा नं ४ को लाड्टाङका स्थानीयवासीलाई आवतजावत गर्न सहज भएको वडाध्यक्ष तामाङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्