नवलपुरमा बस दुर्घटनाः तीन जनाको मृत्यु



चितवन,भदौ २९ । नवलपुरको गैंडाकोटमा यात्रु बोकेको बस र ट्रक एक आपसमा ठोकिँदा तीन जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।

प्रहरीका अनुसार सुदूरपश्चिम प्रदेश ०२–००१ ख ११२३ नम्बरको बस र विपरित दिशाबाट आएको ना ६ ७१२६ नम्बरको ट्रक मंगलबार विहान गैंडाकोटको २३ स्मृति पुल नजिकै ठोक्किएका हुन्।

मंगलबार विहान चार बजेतिर उक्त दुर्घटना भएको हो।

बस सडकदेखि १० फिट तल खस्दा दुई जना महिला र एक जना पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको परिचय खुल्न सकेको छैन।

घाइतेको भरतपुरमा उपचार भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्