अखिल क्रान्तिकारी नुवाकोटको अध्यक्षमा बोगटी



नुवाकोट,भदौ ३०। नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी नुवाकोटको अध्यक्षमा निराजन बोगटी चयन भएका छन् ।

मंगलवार भएको १६ औं जिल्ला सम्मेलनले बोगटीको नेतृत्वमा कार्यसमिति निर्विरोध रुपमा चयन भएको हो ।

यस्तै अखिल क्रान्तिकारीको उपाध्यक्षमा राजेन्द्र पनेरु, प्रदिप भट्ट र ज्ञानेन्द्र न्यौपाने चयन भएका छन् ।

यस्तै सचीवमा दिपेन्द्र थापा, सहसचिवमा सुरेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा अस्मिता ठकुरी चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्