माधव नेपालले एमालेका कार्यकर्तालाई धोका दिएको प्रदीप ज्ञवालीको आरोप



गुल्मी,भदौ ३० । नेकपा एमाले सचिव एबम् प्रवक्ता प्रदीप ज्ञवालीले माधव नेपाले विपक्षिहरुसँग गठबन्धन गरेर एमाले कार्यक्रतालाई धोका दिएको आरोप लगाए । नेकपा एमाले जिल्ला कमिटी गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ज्ञवालीले माधव नेपालले विपक्षिहरुसँग मिलेर आफ्नै पार्टीविरुद्ध घेराबन्दी गरेको आरोप लगाए ।

अहिलेको घेराबन्दी अस्थायी भएकोले सूर्य उदाएसँगै गठबन्धनको कुहिरो हराएर जाने उनको भनाई छ । नेकपा एमालेले देशलाई एकढिक्का बनाएर लैजान खोजेपनि पाँच दल मिलेर असफल बनाउने प्रयास गरेको बताए।

अहिले पनि एमाले राष्ट्रिय राजनीतिको केन्द्रमा भएको भन्दै उनले एमालेलाई घृष्ण गर्नेहरुको मष्तिष्क तथा माया गर्नेहरुको मुटुमा एमाले रहेको उल्लेख गरे । पार्टीभित्र अन्तरविरोध जहिले पनि हुने तर अन्तरविरोध र विभाजन अलग बिषय भएको उनले बताए ।

नेपालले दर्ता गरेको नयाँ दल सांगठनिक हिसाबले पनि गलत रहेको उनले बताए । पार्टी विभाजन अघि फरक फरक धारमा रहेका नेकपा एमालेका सचिवद्धय प्रदीप ज्ञवाली र गोकर्ण बिष्टले गुल्मीमा एउटै मंचबाट सम्बोधन गरेर पार्टीमा कुनै समस्या नरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्