नेकपा माओवादीको पञ्चकन्या-५ भद्रुटारको पार्टी कार्यालय उद्घाटन



नुवाकोट,भदौ ३० । नेपाल कम्युनिस्ट पार्टी माओवादी पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारको पार्टी कार्यालय उद्घाटन गरिएको छ। बुधबार एक कार्यक्रम बीच पार्टीको कार्यालय उद्घाटन गरिएको हो। सो समारोहमा पार्टीको महिला,किसान,तामाङ,दलित माेर्चा समेत गठन गरिएको छ ।

कार्यक्रमको प्रमुख अतिथिमा राजन गौतम (नकुल), विशेष अतिथिमा मणिनाथ लामिछानेको उपस्थिति रहेको थियोे। वडा नम्बर ५ स्थित मिश्रापधेरामा भएको कार्यक्रममा पार्टीको किसान मुक्ति मोर्चा गठन गरिएको छ। मोर्चाको अध्यक्षमा केशव भट्टराई, उपाध्यक्षमा रुपबहादुर थपलिया, सचिवमा गोबिन्द पौडेल सहित १७ सदस्यीय समिति गठन गरिएको छ।

त्यस्तै पार्टीको महिला संगठन(क्रान्तिकारी)मा निशा सिटौलाको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको छ। समितिको उपाध्यक्षमा युनिसा तामाङ, सचिवमा कविता गिरी लगायत छन्। त्यस्तै दलित मुक्तिमोर्चाका अध्यक्षमा राजकुमार सुर्खेती रहेका छन्। मोर्चाको उपाध्यक्षमा गोपाल विक, सचिवमा ज्ञानेन्द्र नेपालीसहित १३ सदस्यीय समिति गठन गरिएको छ। कार्यक्रममा गाउपार्टी कमिटीका नेता तथा कार्यकर्ताको उल्लेख सहभागिता रहेको थियोे।

गाउँकमिटीको तामाङ मुक्तिमोर्चाको अध्यक्षमा रघुबीर तामाङ रहेका छन्। उपाध्यक्षमा रबीबहादुर तामाङ, सचिवमा राजकुमार तामाङ सहित १७ सदस्यीय मोर्चा गठन गरिएको छ।

तस्बिर: माओवादी नेता मणिनाथ लामिछानेको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्